site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु साहलाई प्रदीप यादवको चेतावनी– सिसाको घरमा बसेर अरूमाथि ढुंगा नहान्नू
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई 'सिसाको घरमा बसेर अरूमाथि ढुंगा नहान्न' चेतावनी दिएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरूमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् । उनले गौर हत्याकाण्ड प्रभु साहकै उक्साहटमा भएको पनि बताए ।

"जसको घर सिसाको हुन्छ । अरूमाथि ढुंगा चलाउन कोसिस नगरे हुन्छ । प्रभु साह आफैँको धेरै मुद्दाहरू छन् । वीरगञ्जमा कासि तिवारीको जुन हत्या भएको थियो उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधीन छ । अदालतमा छ । सुरक्षित छ । राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । गौर हत्याकाण्ड दुःखदायी घटना भयो । त्यो बेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो । उहाँको उक्सावटमा यो घटना भएको हो । त्यो बेलाको आयोगहरू बनेको थियो । त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्‍यो सरकारले । आयोगको प्रतिवेदनले दोषी देखाए स्वीकार्छौं," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro