site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री भन्छन्– कृषि क्षेत्रमा भएको प्रगतिबाट सन्तुष्ट हुने स्थिति छैन

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रमा गुणात्मक र रूपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद उर्मिला माझीको प्रश्नको जवाफ दिँदै उनले कृषि क्षेत्रमा विगतदेखि लगानी गर्दै आएको र उत्पादकत्वमा वृद्धि भए पनि अपेक्षित हुन नसकेको उल्लेख गरे । कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।

रासायनिक मल समयमै उपलब्ध हुने सुनिश्चिता गरिएको उनले जानकारी गराए । कृषि पेसालाई दिगो र गर्विलो बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

उनले कृषि क्षेत्रमा भइरहेका कामबाट सन्तुष्ट हुने स्थिति भने नरहेको बताए । “अहिलेसम्म जे जति भएको छ, त्यसबाट सन्तुष्ट हुने स्थिति छैन,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले आफू भारत भ्रमणमा गएका बेला कृषिमा सहकार्य गर्ने निधो भएको र त्यो अघि बढ्ने बताए ।

आसन्न चीन भ्रमणका क्रममा पनि कृषिमा सुधारका निम्ति विशेष विषयमा ध्यान दिइने उनले सुनाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro