site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदै छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई पुनर्जीवन दिनेगरी छलफल हुन लागेको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जाँदा अनौपचारिक रूपमा परराष्ट्रमन्त्री स्तरको छलफल हुने र सो छलफलले सार्कलाई पुनर्जीवन दिने दाबी गरे ।

Dabur Nepal
NIC Asia

उनले सार्क राष्ट्रहरूले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय भइसकेको बताए ।

उनले भने, "नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सार्कका बारेमा पनि नेपालका आफ्ना दायित्वहरू रही आएका छन् । सार्कको अहिलेको स्थितिका बारेमा विज्ञ नै हुनुहुन्छ । आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जानु हुँदै छ । नेपालको तर्फबाट अनौपचारिक रूपमा भएपनि परराष्ट्रमन्त्रीहरूको एउटा बैठक हामीले बोलाएका छौँ । त्यस बैठकले सार्कलाई पुनर्जीवन दिनेछ, गतिशिलता दिनेछ ।" 

मन्त्री साउदले कुनैपनि राजनीतिक दलले परराष्ट्र नीति फरक फरक गर्नु नहुने बताए । सरकारको माध्यमबाट परराष्ट्र नीति बनेको खण्डमा मात्रै देश मजबुत हुने उनको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro