site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली समकक्षी भेट गर्दा लिबियाकी विदेशमन्त्री बर्खास्त

काठमाडौं । लिबियाकी विदेशमन्त्री नजला अल मंगोसलाई पदबाट बर्खास्त गरिएको वरिष्ठ सरकारी स्रोतलाई उद्धृत गर्दै अलजजीराले लेखेको छ ।

गत हप्ता इटालीको रोममा लिबियाकी विदेशमन्त्री मंगोसाले इजरायली विदेशमन्त्रीसँग भेटवार्ता गरेपछि उनी विवादमा आएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लिबियाले मंगोसले इजरायली विदेशमन्त्रीसँग भेट गरेको विषयमा अनुसन्धान थालेको छ भने, देशका विभिन्न सहरमा ठूलो प्रदर्शन भएको छ ।

इजरायली विदेशमन्त्रालयले उनीसँगको भेट पुष्टि गरेपछि लिबियामा आइतबार विरोध सुरु भएको हो । अहिले उनी देशबाट बाहिरिएको भन्ने विषयसमेत आएको छ ।

इजरायली विदेशमन्त्री एली कोहेनले इजरायलको विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “मैले परराष्ट्रमन्त्रीसँग दुई देशबीचको सम्बन्धमा रहेको ठूलो सम्भावनाको बारेमा कुरा गरेको छु, यो दुई देशबीचको पहिलो यस्तो कूटनीतिक पहल हो ।”

लिबियाको विदेश मन्त्रालयले भने अल मंगोसले इजरायलको प्रतिनिधित्व गर्ने कुनै पनि पक्षसँग भेट्न अस्वीकार गरेको तर, त्यो बैठक एक ‘चान्स र अनौपचारिक मुठभेड’ थियो भनेको छ । 

उत्तर अफ्रिकी मुलुक लिबियाले इजरायललाई मान्यता दिँदैन र यसँग कुटनीतिक सम्बन्ध पनि छैन । सन् १९५७ को लिबियाली कानुनअन्तर्गत इजरायलसँग व्यवहार गर्दा नौ वर्षसम्म जेल सजाय हुन्छ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्