site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशको राष्ट्रियता खतरामा छ : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण उत्पन्न भएको उनले उल्लेख गरे । अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीका कारण पनि देशको राष्ट्रियता खतरामा रहेको उनले बताए । एमसीसी अमेरिकाले खडा गरेको ‘इन्डोप्यासिफिक स्ट्राटेजी’ भएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

एमसीसी संसद्बाट अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भनिए पनि त्यसलाई अमेरिकाले नमान्ने उनले बताए । उनले अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागु नगरेको जिकिर गरे ।

५०० मिलियन डलर मात्र नभइ ५५ अर्ब दिए पनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको सर्त मान्य नहुने उनले चेतावनी दिए । नेपालमा एमसीसी कार्यान्वयन भइसकेपछि अमेरिकाले ल्याउने नागरिकको केही पनि चेकजाँच गर्न नमिल्ने उनले सुनाए ।

“आज देशमा हेर्नुहोस्, देशको राष्ट्रियता त्यत्तिकै खतरामा बढिरहेको छ, राष्ट्रियतामाथिको खतरा । चाहे विभिन्न खालका सन्धि, सम्झौताहरू हुन्, चाहे यी नयाँनयाँ जस्तो, एमसीसी भन्नुस् । एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको जुन इन्डोप्यासिफिक स्ट्राटेजी हो, त्यसको अभिन्न अंग हो । त्यो अभिन्न अंगको रूमपा उसले हरप्रकारले लाद्न कोसिस गर्दै छ । अब अहिले पनि त्यसलाई कार्यान्वयन गर्ने जोड अमेरिकाले दिइरहेको छ । तर, के कस्ता रेसिडेन्टहरू हुन्छन्, नेपालमा त्यो थाहा छैन । अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भनेर गरियो । त्यो व्याख्यात्मक घोषणाका कुराहरू लागु भए कि भएनन् ? पक्कै लागु भएको छैन,” उनले भने, “यी कुरालाई अमेरिकाले सुन्ने पनि छैन । एउटा कानले पनि सुनेको छैन । सम्झौतामार्फत नेपालले पाउने जम्मा ५०० मिलियन डलर हो । त्यो डलर प्राप्त गर्ने कुरामा कुनै आपत्ति छैन । अमेरिकाले नेपाललाई अनुदान दिन चाहन्छ भने ५५ करोड किन, ५५ अर्ब दिए पनि हुन्छ । तर, सर्तहरू जुन ढंगले लाद्न खोजिएको छ, त्यो एउटा सर्त पनि मान्य हुँदैन । कार्यान्वयन गर्दा मान्छे लिएर आउँछन्, त्यो मान्छेलाई नेपालले कुन देशको नागरिक हो तपाईं भनेर सोध्न पाउँदैनन् । ब्यागमा के लिएर आउँछन्, त्यो हेर्न मिल्दैन । यस्ता सर्त त्यसभित्र छन् ।”

नेता खनालले विगत केही समयदेखि नेपालको विदेश नीति असन्तुलित भएको टिप्पणी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro