site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलाशको दूरदर्शन !
Tiktok banner adTiktok banner ad

हिक्मतसिंह ऐर


हिन्दू, बौद्ध, जैन, सिखको साझा स्तम्भ
महादेवको पवित्र प्रतिविम्ब !
कैलाश ॐकार परिवारको हो मोक्षद्वार
मानसरोवर नै हो, सिन्धु गंगा,
ब्रह्मपुत्र, कर्णालीको स्रोतद्वार ।

आर्यावर्त भूमिका हामी
पुग्नैपर्छ एकपल्ट मानसरोवर कैलाश !
हुम्ला हो कैलाश जाने मुख्यद्वार 
हेर्न सकिन्छ, 
हाम्रै भूमि लाप्चलाबाट मानसरोवर कैलाश ।

हिजोसम्म सँगै पुग्थ्यौँ कैलाश
हाम्रा ऋषिमुनि सँगै जान्थे
आज बाटो थुनी एक्लै जाने भयौ
टुलुटुलु हामीले दूरदर्शन मात्र गर्ने भयौँ !

बाटोको ॐ पर्वत हाम्रो, 
दर्शन तिम्रो भयो
सक्दैन कोर्न बाटो सरकार हाम्रो
ठूलाले गर्यो रजाइँ 
हामी सानाको हक मिचाइ !

केही छैन महादेव,
तिम्रो आशीर्वाद बनिरहोस्
भैतिक प्रगति जसले जति गरोस्,
अलौकिक आध्यात्मिक शक्ति सदैव 
हामीसँगै रहोस् ।

कैलाशको चुम्बकीय आकर्षण 
सदैव पुग्नसके अति उत्तम !
नसक्नेले हाम्रै भूमि लाप्चबाट 
गर्न सक्छन् दर्शन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro