site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मनसुनले रोकिएको हट एयर बलुन पुनः सुरु हुँदै, कति लाग्छ शुल्क ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालनमा आउने भएको छ । मनसुनका कारण करिब तीन महिना रोकिएको थियो ।

हट एयर बलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बलुन नेपालका अध्यक्ष विक्रम बादेले बताए ।

करिब ६ हजार फिट माथिसम्म बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू देख्न सकिन्छ । पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङकोट मान्द्रेढुंगा तथा पोखरा उपत्यका आसपासको  सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुईवटा उडाउने भएको छ । अमेरिकी र भियतनामी गरेर दुई पाइलटले बलुन उडाउने बादेले बताए ।

पोखराको पामेबाट बलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म उडान हुने उनले बताए ।

Global Ime bank

कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बलुनमा उड्न सक्नेछन् ।

कति लाग्छ शुल्क ?
हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५०० रुपैयाँ शुल्क लाग्नेछ । सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुकका नागरिकलाई १३० डलर शुल्क कायम गरिएको छ ।

उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म्को दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र समेत दिइन्छ ।

नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement