राजनीति
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बसेको बैठकमा मत विभाजन सुरु भएको छ ।
सभामुखको जिम्मेवारीमा रहेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद इसराइल मन्सुरीले सभा सञ्चालन गरेका थिए ।
आफ्नो पक्षमा मत लिन संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बैठकका लागि प्रदेशसभामा शुक्रबार सूचना दर्ता गराएका थिए । उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं गएपछि मन्सुरीले सभा सञ्चालन गरेका हुन् ।
यसअघि सभाध्यक्ष मण्डलमै रहेका एमाले र राप्रपाका सांसद बिदामा बसेका थिए । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । बैठकमा राप्रपाका सबै ६ सांसद अनुपस्थित छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १७:३७
प्रतिक्रिया दिनुहोस्