site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्वासको मत लिने अनिश्चित : मुख्यमन्त्री भन्छन्– नबस्ने भए बैठक किन बोलाएको ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवार बिरामी परेर अस्पताल जाँदै गरेको भन्दै आजको बैठकमा अनुपस्थित हुने भएकी छन् । कोसी सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि उनले आफैँले मिति तोकेर बैठक बोलाएकी थिइन् ।

उनले बिरामी परेर अस्पतल जाँदै गरेको जानकारी गराएको मुख्यमन्त्री थापाले बताए । “सभामुखले आजको दिन भनेर तोकिदिएको दिन थियो । उहाँले नै आजको बैठक बोलाउनुभएको हो,” थापाले भने, “उहाँ नै अनुपस्थित भएपछि आजको दिन विश्वासको मत लिने कुरा सम्भव नहोला । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ, १३ गतेसम्म म विशवासको मत लिनेछु ।”

Prabhu Bank
Agni Group
NIC Asia

‘नेकपा (एमाले)को निर्देशनमा उपसभामुख अनुपस्थित हुन लागेकी हुन् ?’ भन्ने प्रश्नमा थापाले पार्टीका विषयमा आफ्नो चासो नरहेको बताए ।

“सभामुखको रूपमा भूमिका निर्वाह गर्ने कुरा उहाँको हो । विश्वासको मत लिने कुरामा सहभागी हुने इच्छा नहुँदो हो त उहाँले मिति पनि नतोक्नुपर्थ्यो,” उनले भने, “पार्टीका विषयमा मेरो कुनै टिप्पणी छैन । संसदीय व्यवस्थामा बैठक बोलाएर सभामुख आफैँ अनुपस्थित हुने कुराले व्यवस्थालाई नै धरापमा पार्छ ।”

Global Ime bank

उनले आफू सहमति र सहकार्यकै पक्षमा रहेको भन्दै हरेक दलले जिम्मेवार भएर निर्णय लिने विश्वास व्यक्त गरे ।

उनले अघिल्लो सरकारको बजेट कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको बताए । नयाँ सरकार बनाएपछि बजेट पनि आफ्नै ल्याएर कार्यान्वयन गर्ने उनले स्पष्ट पारे ।

“नयाँ, पुरानो भन्दिनँ, हामी आफ्नै सरकार बनाउँछौँ, आफ्नै बजेट ल्याउँछौँ,” मुख्यमन्त्री थापाले भने ।

उनले कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको जानकारी दिए । प्रदेशसभा बैठक सञ्चालनका विषयमा पनि त्यहीँ छलफल हुने उनले विश्वास व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय