site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ आज हुँदै

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले आज छलफलका लागि बोलाएको छ । 

समितिले आजै श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्दै छ । 

उजुरीकर्तासँग बिहान साढे १० बजे र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तोकिएको छ । श्रेष्ठविरुद्ध इमेलबाट तीनवटा उजुरी परेका छन् । 

आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो । 

गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसअघि, साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro