site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीन उजुरी परेका छन् ।

आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो । ती उजुरीमाथि सोमबार छलफल गर्ने निर्णय गरिएको छ । सोमबार बिहान साढे १० बजे उजुरीकर्तालाई बोलाउने समितिको निर्णय छ ।

उजुरीकर्तासँग छलफल गरेपछि सोमबार नै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले जानकारी दिए ।

गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसअघि, साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro