अर्थ व्यवसाय
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले व्यवसायीलाई दुःखका बेला झन दुःख दिएको बताएका छन् ।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार सरकार व्यवसायीको अविभावक नभएको बताएका हुन् ।
"सरकारले व्यवसायीप्रति सत्रुको व्यवहार गरेको छ । अविभावकीय भूमिका भएन । सरकार निस्ठूर भयो," उनले भने, "व्यवसायीलाई सहायता चाहिएको बेला झन् दु:ख दिएको छ ।"
उद्योगी व्यवसायीलाई तर्साउने काम गरिएको छ । यो गलत हो । क्याप्टेन रामेश्वर थापाको बचाउ गर्दै सरकारले हेलिकोप्टरको भाडा नतिरी उडान बन्द गरिएको पनि उनले बताए ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १८:३८
प्रतिक्रिया दिनुहोस्