site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इस्ट एसियन युथ गेम्स–२०२३ का लागि अशोक खड्का मंगोलिया प्रस्थान
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्स–२०२३ मा खेल सञ्चालन गर्ने भएका छन् ।

ओलम्पिक कोउन्सिल अफ एसिया र मंगोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद मेलामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाटै एक मात्र रेफ्रीको रुपमा खड्काको चयन भएको हो ।

खड्का हाल दक्षिण कोरियामा रहेको छ । दुई हप्ताअघि विश्व र्‍याङकिङ जि २ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनसिप निर्णायकको भूमिका निर्वाह गर्न खड्का दक्षिण कोरियाको मुजु गएका थिए ।

खड्का दक्षिण कोरियाबाट नै मंगोलियाको उलानबाटर प्रस्थान गर्नेछन् । प्रतियोगिता अगष्ट १६ देखि २२ सम्म हुनेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro