site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ३१.८० अंकले घट्यो

काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ३१.८० अंकले घटेर २०४५.४४ को बिन्दुमा झरेको छ ।

आज २७८ धितोपत्रको ५६ लाख तीन हजार १७९ कित्ता सेयर दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ प्रतिशतले घटेर ३९१.८४ को बिन्दुमा झरेको  छ ।

आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्ड उपसमूहको समूहगत सूचक बढेको छ । आज उक्त उपसमूहको समूगत सूचक २८.९० प्रतिशतले बढेको छ ।

अन्य १२ वटा उपसमूहको समूहगत सूचक भने घटेको छ ।

आज इमर्जिङ नेपालको सेयर मूल्य सर्वाधिक ५.१८ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार १६ रुपैयाँ कायम भएको छ । हिमालयन डिस्टिलरिजको सेयर मूल्य सर्वाधिक ७.६९ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro