देश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल भनिएको सुन ब्रेक सूबाट बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा ब्रेक सूबाट निकालेर तौल आएको गर्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए ।
“ब्रेक सूबाट निकालिएको सुनको तैल ६० केजी ७८९ ग्राम भएको छ । यो सुनमा केही कालो पदार्थ पनि छ । असली तौल अब गालेपछि आउँछ,” आचार्यले भने, “अब कति घट्छ भन्ने भोलि थाहा हुन्छ । भोलि १०ः३० बजे गाल्ने काम हुने छ ।”
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १८:१३
प्रतिक्रिया दिनुहोस्