site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
कडा सुरक्षाबीच तस्करीको सुन जोख्ने प्रक्रिया सुरु (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन जोख्ने प्रक्रिया सुरु गरिएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा कडा सुरक्षाबीच सुनसहितको कार्टुन खोलिएको छ । एउटा कार्टुनमा २० वटा ब्रेक सु रहेको जनाइएको छ ।

त्यसबाट सुनलाई छुट्याएर गाल्ने, परीक्षण र तौलिने प्रक्रिया सुरु गरिएको हो । विभाग स्रोतका अनुसार आज ब्रेक सुबाट सुन (पहेँलो धातु) छुट्याउने प्रक्रिया पूरा हुन्छ । त्यसपछि गाल्ने र तौलिने प्रक्रिया सुरु गरिने जनाइएको छ ।

राजस्व, भन्सार, सीआईबीलगायत निकायको संयुक्त टोलीले सुन छुट्याउने र गाल्ने तथा तौलिने प्रक्रिया पूरा गर्नेछ । त्यसक्रममा सुरक्षाका लागि नेपाली सेना समेत परिचालन गरिएको छ ।

यही साउन २ गते सो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सरकारको निर्देशनानुसार अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

Sun-41691999945.jpgSun-21691999942.jpgSun-11691999939.jpgsun21692000440.jpgsun11692000440.jpgsun41692000443.jpg

s11692000568.jpg

s21692000568.jpg

sun31692001870.jpg

Sun21692001867.jpg

Sun11692001867.jpg

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro