site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यापार नहुँदा व्यवसायी समस्यामा, प्रहरीमा बैंकिङ कसुर मुद्दाका चाङ

काठमाडौं । आर्थिक गतिविधि सुस्त हुँदा व्यवसायीहरूले अहिले समयमा हिसाब मिलान गर्न सकेका छैनन् । वितरकबाट चेक काटेर सामान ल्याउने समयमा भुक्तानी नहुने समस्या बढ्दै गएको छ । यो समस्या व्यवसायी तथा व्यक्तिले जानाजान गरेका हैनन् । उनीहरूको कारोबारमा कमी आउँदा व्यवसायीहरू अहिले बैंकिङ कसुरसम्बन्धी मुद्दामा सजाय भोग्न बाध्य छन् ।

हिसाब मिलान गर्न पैसा नभएको बैंक खाताको चेक काट्दा अहिले धेरै ऋणी समस्यामा परेका छन् । व्यवसायीले तोकिएको समयमा हिसाब मिलान गर्न नसक्दा वा तोकिएको समयमा पैसा दिन नसक्दा बैंकिङ कसुरका मुद्दा बढ्न थालेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंमा बैंकिङ कसुरसम्बन्धी दैनिक ३० देखि ४० वटा मुद्दा पर्ने गरेका छन् । यस्ता मुद्दा पर्नेमा व्यक्तिगतदेखि संस्थागतसम्म छन् ।

व्यवसायीले उधारोमा सामान लिने व्यापार नभएपछि लामो समयसम्म भुक्तानी नगर्ने समस्या बढ्दै गएको अवस्था छ । उद्योगपतिहरूले चेक दिएर कारोबार गर्ने र समयमा भुक्तानी नहुँदा चेक बाउन्स गर्ने चलन बढेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए ।

Dabur Nepal
NIC Asia

“साना व्यापारीको चेक बाउन्स गरिरहेका छन् । अलिकति समय थप गरिदिनु भन्दा पनि समय पाइएको छैन,” उनले भने, “हामीले यसको विषयमा महासंघमा कुरा उठाएका छौँ । यसका लागि हामीले पहल पनि गरिरहेका छौँ ।”

उद्योगी, व्यापारी र होलसेलरहरूबीचमा चेक बाउन्सको कुराहरू अहिले व्यापक आउने गरेको उपाध्यक्ष वैद्यले बताए । अहिले कारोबार नभएर पैसा तिर्न नसकिएको उनले बताए ।  

“अहिले ३०/४० प्रतिशत पनि व्यापार छैन । व्यापार नभएछि पैसा तिर्न सक्ने अवस्था रहेन । उधारो दिएको पनि उठिरहेको छैन । अहिले चेक नलिकन तथा बैंक ग्यारेन्टी नलिकन उद्योगपति र ठुला वितरकले सामान दिँदैनन्,” उनले भने ।

Banking Kasur 1691171525.jpg

साना व्यवसायीहरूले गाउँगाउँमा सामान दिएका र गाउँबाट पैसा नउठेको अवस्था अहिले व्यापार रहेको उनले बताए । व्यापार घटेपछि ब्यालेन्सिट देखाउन नसकेकै कारण ऋणको नवीकरण नभएको पनि व्यवसायीको गुनासो छ । बैंक ग्यारेन्टी दिँदा पनि चेक बाउन्स भइरहेको उपाध्यक्ष वैद्यले बताए ।

“जिल्ला–जिल्लाका व्यवसायीको समस्या अहिले समाल्न सक्ने अवस्था छैन,” उनले भने, “यो समस्या गत वर्षदेखि नै उब्जिएको हो । बजारमा माग छैन यसले पनि समस्या पारेको छ ।”

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता कुमोद ढुंगेलका अनुसार पछिल्लो समय जग्गा कारोबार, निर्माण व्यवसायी, उधारो सामान लिएर पैसा नदिएको र वैदैशिक रोजगारीमा पठाइदिन्छु भनेर पैसा लिने काम नगर्नेका विरुद्ध उजुरी दैनिक पर्ने गरेका छन् । सबैभन्दा बढी निर्माणसँग सम्बन्धित चेक बाउन्सका मुद्दा पर्ने गरेको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

प्रहरी परिसरमा मुद्दाका चाङ

प्रहरी परिसर काठमाडौंमा अहिले चेक बाउन्सका मद्दा व्यापक पर्ने गरेका छन् । त्यसमा पनि सापटीदेखि व्यापार व्यवसायका बढिरहेको प्रहरी उपरीक्षक ढुंगेलले बताए । उजुरी दिएका सबैको मुद्दा भने नचल्ने उनी बताउँछन् । यदि परिसरमा उजुरी परेपछि बेवास्ता गरे १० दिनमा मुद्दा चल्ने गरेको उनी बताउँछन् । १० दिनमा मिलान गर्ने सहमति भए यस्ता मुद्दा नचल्ने उनको भनाइ छ ।

“उजुरी परेको १० दिनसम्म सम्झाउने काम हुन्छ  । हिसाब मिलान नगराएपछि पक्राउ पुर्जी जारी हुन्छ र कानुन अनुसार कारबाही हुन्छ,” ढुंगेलले भने ।

चालु आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि १९ गतेसम्म काठमाडौं उपत्यकाभित्रबाट ५८८ जाहेरी परेको छ । यस बीचमा ४१८ को भने मुद्दा दायर भएको छ । अहिले फागुन–चैतमा परेका मुद्दाको अध्ययन गरी अदालगमा लग्ने गरिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा नौ हजार ८०२ बैंकिङ कसुरसम्बन्धी जाहेरी परेका छन् । जसमा सात हजार २३३ मुद्दा दायर भएका छन् ।

जाहेरीमध्ये कतिपय फरार हुने गरेका छन् भने कतिपय अदालतमा सिधै हाजिर भएर एक आपसमा हिसाब मिलान गर्ने गरेका छन् ।

परिसरले गत वर्ष ५५१ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।  अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८५ जनाविरुद्ध जाहेरी परेको थियो । जसमा तीन हजार २५६ मुद्दा दर्ता भएका थिए । काठमाडौं उपत्यकाभरिबाट ६३६ जनालाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर सम्बन्धी मुद्दा चलाएको थियो । आर्थिक वर्ष २०७७/७८ मा बैंकिङ कसुरसम्बन्धी एक हजार २७८ मुद्दा दर्ता भएका प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पहिले मुद्दा दर्ता भएपछि एकैपटक अदालतमा जाने गरेको थियो । तर, अहिले प्रहरी कार्यालयमै मिलापत्र हुने गरेको छ । पहिलेको व्यवस्था अनुसार मुद्दा परेपछि प्रतिवादीले दोब्बर पैसा तिर्नुपर्थ्यो ।

महान्यायाधिवक्ताको कार्यालयले २०७७ चैत २६ गते प्रतिवादीबाट पीडितले रकम प्राप्त गरिसकेको अवस्था भएमा मुद्दा नचलाउने निर्णय गर्‍यो । यही व्यवस्थाले अहिले दुवै पक्षलाई सहज भएको छ ।

यस्तो मुद्दा कसरी चल्छ ?

कसैले चेक काटेपछि बैंकमा पैसा छैन भने त्यस्तो चेक बाउन्स गर्न पाउने व्यवस्था छ । तर, यस्तो चेक काटेको ६ महिलाभित्र बैंकमा गएर बाउन्स गराउनुपर्छ । यसरी बाउन्स गराएको एक वर्षभित्र बाउन्सकर्ताले प्रहरीमा मुद्दा दर्ता गराउनुपर्छ । प्रहरीमा दर्ता भएको ६ महिनाभित्र प्रहरीले अदालत पठाउनुपर्ने व्यवस्था छ । ६ महिनाको बीचमा प्रहरीले आवश्यक अनुसन्धान गर्ने छ । यसरी प्रहरीमा दर्ता गराएपछि प्रहरीले अनुसधान गर्ने छ ।

प्रहरीका अनुसार अहिले परिसरमा एउटै चेक १५ करोडसम्मको बाउन्समा परेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro