site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न सक्दैन : सांसद श्रेष्ठ
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सांसद लीलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न नसक्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न नसक्ने बताए । उनले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

सुन तस्करी प्रकरणलाई सरकारले सामान्य रुपमा लिएको उनले बताए । हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

“यसमा त राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह लागेको छ । हङकङ, चाइनालगायतको देखिइरहेको छ रेकर्डबाट । अनि त्यसलाई खेलाची गरेर मजाक बनाइँदै छ,” उनले भने, “त्यसकारणले यस विषयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रिइरहेको छ । सीआईबीले समाधान दिँदैन । त्यो सम्भव नै छैन । त्यसकारणले अविलम्व उच्चस्तरीय आयोग गठनको विकल्प छैन ।”

सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै उनले प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro