site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामी सत्तामा जानका लागि मरिहत्ते गर्दैनौँ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले अरु पार्टीहरुले जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको वाग्मती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै उनले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताए ।

Dabur Nepal
NIC Asia

उनले एउटा जीवन्त पार्टीमा फरक विचार आउन सक्ने भन्दै त्यसलाई संघर्ष, एकता र रुपान्तरणको माध्यमबाट व्यवस्थापन गर्दै अघि बढाउने बताए । अध्यक्ष भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताएका छन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले संविधानलाई पूर्णता दिने, यसको कार्यान्वयन ठिक ढंगले गराउने र नेपाली जनतालाई सुशासन र समृद्धि दिने काममा आफूहरु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाललाई संसारको एउटा समुन्नत देशहरुको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मसाथ गरेर अघि बढिरहेको जिकिर समेत गरे ।

“अब व्यवस्थाका लागि लड्नुपर्ने अवस्था पनि आउन सक्छ । संघर्षहरु गर्नुपर्ने अवस्था पनि आउन सक्छ । तर, त्यो प्रधान हुँदैन,” उनले भने, “प्रधान कुरा अब यो संविधानलाई, यसको अपूर्णतालाई पूर्णता दिने, यो संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने र जनतालाई सुशासन र समृद्धि दिने र हाम्रो देशलाई संसारको एउटा समुन्नत देशहरुको दिशामा पु¥याउने अब यो कार्यभार हुन्छ भनेर हामीले नयाँ अभियान सुरु ग¥यौँ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro