site stats
बाह्रखरी :: Baahrakhari
देश
साउन २१ देखि २४ सम्म काठमाडौं महानगरले कोरोनाविरुद्धको खोप अभियान चलाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ विरुद्ध खोप अभियान चलाउने भएको छ । कोरोनाविरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन २१ देखि २४ गतेसम्म खोप अभियान चलाउने भएको हो ।

१२ वर्ष माथिका सम्पूर्ण नागरिकलाई खोप लगाइने छ । महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५,१७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइने छ ।

Argakhachi Cement Island Ad

यसअघि कोरोनाविरुद्धको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएका काठमाडौंमा बसोवास गर्ने सबैखाले नागरिकले खोप लगाउन सक्ने छन् ।  जसअन्तर्गत वडा नम्बर ११ को त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालय, वडा नम्बर १७ को वडा कार्यालय, वडा नम्बर ३१ को शहरी स्वास्थ्य क्लिनिक भीमसेनगोला, वडा नम्बर १४ को सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र कुलेश्वर, वडा नम्बर ६ को वडा कार्यालय, वडा नम्बर १२ को कुमुदिनी मावि टेकु, वडा नम्बर ३२ को वडा कार्यालय र वडा नम्बर १५ को सामुदायिक स्वास्थ्य सेवा स्वयम्भुमा खोप अभियान सञ्चालन गरिने छ ।

बुधबार स्वास्थ्य सेवा विभागमा भएको कोभिड–१९ विरुद्ध खोपसम्बन्धी कार्ययोजना गोष्ठीमा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले अहिलेसम्म दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसकेको जानकारी दिए । उनले बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशत र चौथो मात्रा ६ प्रतिशतले लगाएको बताए ।

 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्