देश

काठमाडौं । तामाङ र मगर समुदायबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।
टेलिभिजन अन्तर्वार्तामा क्रममा पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर संघले दिएको उजुरीको आधारमा उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आजै मात्र उनलाई पक्राउ गर्न माग गर्दै आङकाजी शेर्पाको नेतृत्वमा गएको समूहले प्रहरी परिसरको कार्यालयमा ढुंगामुढा गरेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १६:०८
प्रतिक्रिया दिनुहोस्