site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भगवती पाण्डेलाई कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसरको कार्यालयमा ढुंगामुढा

काठमाडौं । अधिवक्ता शीतल पाण्डेलाई पक्राउको माग गर्दै काठमाडौं प्रहरी परिसरको कार्यालयमा ढुंगामुढा भएको छ । आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले प्रहरी कार्यालयमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।

ktmpolice1690968531.jpg

सो क्रममा दुवै पक्षबाट हानाहान भएको थियो ।  काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार प्रदर्शनकारीको ढुंगा लागेर १०–१२ जना प्रहरी र केही आन्दोलनकारी घाइते भएका छन् ।

ktmpolice41690968535.jpg

भगवती पाण्डे शीतललाई पक्राउको माग गर्दै तामाङ समूदायले प्रहरी कार्यालयको गेटमाथि नै ढुंगामुढा गरेका हुन् । केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुभाईबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा राखेपछि तामाङ समुदाय आन्दोलनमा उत्रिएको थियो ।

काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार आन्दोलनकारीको ढुंगामुढाबाट १०–१२ जना प्रहरी घाइते भएका छन् ।  केही घाइते प्रदर्शनकारीसहितलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 

ktmpolice51690968536.jpg

प्रहरीका अनुसार आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले आन्दोलन थालेको थियो ।  यसैबीच प्रहरीले अधिवक्ता पाण्डेलाई बिहानै नियन्त्रणमा लिएको थियो । कार्कीका अनुसार पाण्डेलाई बिहानै नियन्त्रणमा लिइएको छ । उनले प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा बोलेका शब्दलाई लिएर आपत्ति जनाइएको हो ।

ktmpolice31690968534.jpg

यस विषयमा संसद्मा केही सांसदले विरोध जनाउँदै पाण्डेलाई कारबाहीको माग गरेका थिए ।

तस्बिर– सुनील प्रधान
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro