काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा डोजर चलाउने तयारी गरेपछि राप्रपाले कानुनी आधार मागेको छ ।
पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले महानगर कानुनीरूपमा अघि नबढेको बताए । मौखिम आदेशकै भरमा भवन भत्काउन नमिल्ने उनको भनाइ छ ।
“महानगरले प्रक्रिया पूरा गरेकै छैन । हामीले कानुनको प्रक्रियाबमोजिम लिखित कारण खुलाउनुपर्यो भनेका छौँ । मौखिक रूपमा आएर मात्र घर खाली गराउन भएन,” लावतीले भने, “कानुनको अधिनमा राप्रपा पनि छ र महानगरपालिका पनि हुनुपर्छ ।”
उनले महानगरको मौखिक उर्दीपछि शान्ति सुरक्षाको माग गर्दै पार्टीले सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए ।
महानगरले नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइन भएको स्थाननजिकै कार्यालय भवन रहेको भन्दै भत्काउन लागिएको जनाएको छ ।