site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन प्रकरणमा ममाथि लागेको आरोपबारे छानबिनका लागि तयार छु : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन तस्करी प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन् ।

सोमबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका हुन् ।

पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको बताए । उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने भन्दापनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।

उनले भने, "सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनितिलाई शुद्ध बनाउन चालिएको अभियान हो । यसमा मेरो पूरै समर्थन छ । मेरो कहीँ कतै संलग्नता छैन । म कतै जोडिएको छैन । गत आठ वर्ष पहिले पारिवारिक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ । आगामी दिनमा हामी कस्ता मान्छेसँग छानबिन गर्ने कस्ता मान्छेसँग नगर्ने भनेर सोच्नुपर्छ । म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु ।"

राज्यका निकायहरूले पूर्वाग्रही गर्न नहुने र राज्यले न्यायोचित ढंगले छानबिन गर्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro