site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साइप्रस पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि साइप्रस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ घर भई काठमाडौंको डल्लुमा बस्दै आएका ३३ वर्षीय राजन गिरीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

गिरीले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइदिने भन्दै प्रलोभनमा पारेका थिए । प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिने भन्दै उनले रकम असुलेका थिए । पीडितबाट पटक–पटक गरी दुई लाख रुपैयाँ लिई गिरी सम्पर्कविहीन भएको जनाइएको छ ।

उनले ठगी गरेको भन्दै पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको जनाइएको छ ।

गिरीमाथि थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro