राजनीति

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक कार्यक्रमबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरणको घोषणा गरेका हुन् ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोकाधडी गरेको आरोप लगाए ।
सो अवसरमा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्तिका लक्ष्मण थारुसहित दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता–कार्यकर्ताहरूको उपस्थिति थियो ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १६:२८
प्रतिक्रिया दिनुहोस्