site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
मुकेश अम्बानीले डाटा सेन्टरमा १० अर्ब भारु लगानी गर्दै

काठमाडौं । अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले भारतमा डाटा सेन्टरको निमार्णका लागि १० अर्ब भारतीय रुपैयाँ (भारु) लगानी गर्ने भएको छ । अम्बानीको रिलायन्स इन्डस्ट्रिजले दुई विदेशी कम्पनीसँगको सहकार्यमा १२ करोड २० लाख अमेरिकी डलर लगानी गर्न लागेको हो ।

गत साताको सोमबार रिलायन्सले संयुक्त लगानीको उद्यमलाई डिजिटल कनेक्सन नाम दिइने घोषणा गरेको थियो ।

अम्बानीको रिलायन्ससँगै साझेदार दुई विदेशी कम्पनीमा क्यानडा आधारित ब्रुकफिल्ड इन्फ्रास्ट्रक्चर र अमेरिकाको डिजिटल रियल्टी ट्रस्ट रहेका छन् । यी प्रत्येक कम्पनीको ३३.३ प्रतिशत लगानी रहने फाेर्ब्सले उल्लेख गरेको छ ।

Dabur Nepal
NIC Asia

कम्पनीहरूले संयुक्तरूपमा हाल चेन्नई र मुम्बईमा डाटा सेन्टर बनाइरहेका छन् । चेन्नईमा १०० मेगावाटको डाटा सेन्टर यसै वर्ष सकिने र मुम्बईमा ४० मेगावाटको डाटा सेन्टर बनाउन कम्पनीहरूले २.१५ एक्कड जमिन अधिग्रहण गरेको घोषणा गरेका छन् ।

डिजिटल रियल्टीका लागि एसिया प्यासिफिककी प्रबन्ध निर्देशक एवं प्रमुख सेरेन नाहले डाटा सेन्टर उद्योगमा खुल्न बाँकी रहेको देश भएको बताएकी छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या र भारतको डिजिटल बजारले डाटा सेन्टरको आवश्यकता देखाएको उनको भनाइ छ ।

डाटा सेन्टरले भारतमा स्ट्रिमिङ र गेमिङजस्ता विभिन्न डिजिटल सेवाका क्षेत्रमा सहजता प्रदान गर्ने छ ।

यसअघि  जुन महिनामा अर्का भारतीय अर्बपति गौतम अडानीले नोयडा र चेईइमा डाटा सेन्टरमा २१ करोड ३० लाख अमेरिकी डलर लगानी गर्ने बताएका थिए ।

विश्वभर डिजिटल प्रविधिको बढ्दो प्रयोगले डाटा सेन्टरको विकासलाई समेत गति दिन थालेको छ । भारतलाई समग्ररूपमा उदीयमान अर्थतन्त्रका रूपमा विश्वले हेरिरहँदा डाटा सेन्टरको बिजनेसले पनि भारतमा गति लिन थालेको देखिन्छ । 

फोर्ब्सबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro