site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मिटरब्याजसम्बन्धी कानुन बनेपछि गृहमन्त्रीले दिए सबैलाई बधाई
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी विधेयक कानुन बनेकोमा सबैलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत दुवै सदनबाट पारित भएको उत्तः विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेसँगै आजदेखि ऐन बनेको जानकारी दिएका छन् । सँगसँगै सबैलाई बधाई पनि दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मिटरब्याजसम्बन्धी कानुन बनेसँगै मिटरब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मूल आधार प्रदान गरेको उनले उल्लेख गरेका छन् ।

“मिटरब्याजसम्बन्धी विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएपछि आजदेखि ऐन बनेको छ,” उनले भनेका छन्, “सामन्तवादको अवशेषको रुपमा रहेको मिटरब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मूल आधार प्रदान गरेको छ । यो अभियानको लागि ऐन कोशेढुङ्गा बनेको छ । सबैलाई बधाई ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय