site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् छिर्‍यो सुन प्रकरण– अर्थमन्त्री र गृहमन्त्रीको राजीनामामा एमालेभन्दा कांग्रेस अगाडि ! 
SkywellSkywell

काठमाडौं । केही दिनअघि काठमाडौंबाट पक्राउ परेको करिब एक क्विन्टल सुन प्रकरण प्रतिनिधिसभामा प्रवेश गरेको छ । प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र विपक्षको एउटै स्वर देखिएको छ– गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा ।

गृहमन्त्री नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ हुन् भने अर्थमन्त्री डा. प्रकाशशरण महत ।

उनीहरु दुवै जना यस घटनाका प्रमुख पात्र रहेको भन्दै सत्तारुढ कांग्रेससहित प्रतिपक्षमा रहेका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले राजीनामा माग गरेको छ ।

Dabur Nepal
NIC Asia

कांग्रेस एमालेभन्दा पनि एक कदम अघि बढेर अर्थमन्त्रीको राजीनामा माग गरेको छ ।

नेकपा एमालेले प्रतिनिसभाले नै उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेको छ । भने कांग्रेसका एकजना सांसदले राजीनामा नआए प्रधानमन्त्री फर्किएपछि संसद् मै आमरण अनसन थाल्ने चेतावनी दिए ।

रास्वपाले सही समयमा कदम नचाले आफूहरुले गर्ने निर्णय गम्भीर हुने चेतावनी दिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गृहमन्त्रीको राजीनामा माग गरेको हो । बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले यो काण्डमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरे । 

उनले समिति नबने संसद् चल्न नदिने बताए । “गृहमन्त्रीको मातहतमा सुन तस्करी भएको छ । म कारबाही गर्छु भन्नुहुन्छ कोट र टारको कुरा गर्छु भन्नु हुन्छ । कुन नैतिकताको धरातलमा पदमा बस्न सुहाउँछ ?,” उनले भने, “दुई सय क्विटल बढी सुन तस्कर भएको छ मन्त्रीहरुको सेटिङमा । यसको विषयमा गम्भीर भएर सरकारले छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ । सभामुखबाट रुलिङ हुनुपर्छ । दिउँसै रात पार्ने, लुट्ने काम भएको छ ।” 

Padam Giri 11690364160.jpg

गिरीभन्दा एक कदम अघि बढेर कांग्रेसका सांसद सुनील शर्माले दुई मन्त्रीको राजीनामा नआए प्रधानमन्त्री फर्किएपछि संसद्मै आमरण अनसन बस्ने चेतावनी दिए । प्रधानमन्त्री अहिले इटलीको भ्रमणमा छन् भने उनी शुक्रबारमात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

शर्माले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको बताए ।

उनले डा. रामशरण महतको विदेशमा खाता देखिएको भन्दै अर्थमन्त्री भएका बेला राजीनामा दिएर बसेको स्मरण गर्दै यो अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए ।

sunil s1690366225.jpg

“मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ,” उनले भने, “दुई जना मन्त्रीले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न ।”

उनले प्रधानमन्त्री फर्किएपछि अनसन बस्ने चेतावनी संसद्मार्फत् नै दिएका हुन् ।

“अर्थमन्त्री र गृहमन्त्री मुख्य नाइके पक्राउ नगरी बसे भने प्रधानमन्त्री फर्किएपछि यो सदनभित्र आमरण अनसन बस्न चाहन्छु,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले वर्तमान सरकारले सबै कुरा गिजोलेर राखेको बताए ।

rabi-raswapa1690365283.jpg

“क्विन्टलका क्विन्टल सुन आउनु र सामान्य मान्छे पर्नु जनताले अचम्म मानेका छैनन् । सेटिङ नेपाली जनताले थाहा पाइसके,” लामिछानेले भने, “जब यस्ता घटना आउछन् त्यसपछि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारवाही हो ? सरुवा गरिएको कि पुरस्कार दिइएको ? तुरुन्त बर्खास्त गर्नुपर्ने हो कि साटफेर गर्नुपर्ने हो ? समय पाइसकेपछि डामेर छाडेपछि महत्त्वपूर्ण सूचना लुकाउने समय मिल्छ होला । गम्भीर विषयमा हल्का रुपले सरुवा गरेर हुन्छ ?”

शरणार्थी प्रकरण, ललिता निवास, सुनकान्डको जरोमा सरकार नपुगी गिजोलेरमात्रै छाडेको बताए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले क्विन्टल सुन प्रकाउ प्रकरणमा सरकारले सूचना पाएर भन्दा पनि विदेशीले सूचना दिएपछि यो काण्ड बाहिर आएको बताएका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाल सुन तस्करको ट्रान्जिट बन्दै गाएको बताए ।

Lingden1690365597.jpg

“नेपाल सुन तस्करको ट्रान्जिट भएको छ । अरु देशले सूचना दिएर पक्राउ परेको भन्ने बजारमा सूचना छ,” उनले भने, “भरिया बोकेर तस्कर जोगाउने काम नगरोस् जरासम्म पुगोस् । अरुको नाम आएको छ उनीहरुलाई पनि पक्राउ गरोस् ।” 

तर नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले भने सरकारले कारवाही गरिहरेका बेला सलाम गर्नुपर्ने बेला आलोचना गरिएको भन्दै आक्रोश व्यक्त गरे । पौडेलले सरकारले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेको भन्दै टाउको नदुखाउन आग्रह गरेका छन् । 

“कसैको अनुहार हेर्न जरुरी छैन । सरकार अघि बढोस् । बाँकी रहेका उठेका कतिपय प्रश्नहरुको बारेमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेर्ने होइन,” उनले भने, “उसको काम, तरिका, शैली, गल्तीलाई हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अघि बढ्न अनुरोध गर्दछु ।” 

devendra paudel1690366219.jpg

उनले सुन प्रकरणमा दिउँसै रात पार्न खोजिएकालाई कारबाही गर्दा गृहमन्त्री र अर्थमन्त्रीमाथि कुरा उठाइएको दाबी गरे ।

“सरकारको जिम्मेवारी सम्हाली रहनुभएका गृहमन्त्री र अर्थमन्त्रीका विषयमा पनि केही कुरा उठे । सरकारलाई बधाई पनि दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदैछ,” उनले भने । 

अघिल्लो साता हङकङबाट काठमाडौं आउँदै गरेको जहाजबाट करिब एक क्विन्टल सुन बरामद भएको थियो । राजश्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुन प्रकरणमा ६ जना पक्राउ परेका छन् । तीन जना भन्सारका कर्मचारी र तीनजना एजेन्ट पक्राउ परेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu