site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करीको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँ : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

कम्बोडियाको भ्रमण गरेर सोमबार राति स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री गैरजिम्मेवार बनेको आरोप लगाए । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ/छैन भन्ने प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ बताउनुपर्नेमा उनले जोड दिए ।

उनले ‘विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन ?’ भन्दै प्रश्न गरे । गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न उनले गृहमन्त्री श्रेष्ठलाई चेतावनी दिए ।

KFC Island Ad
NIC Asia

‘कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रायल मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ ?’ भन्दै पनि उनले प्रश्न गरे ।

एक सञ्चारमाध्यमले उक्त सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेको भन्दै उनले आपत्ति जनाए । नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले सुनकाण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्‍याई एमालेले नछोड्ने पनि बताए । सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिए ।

“...नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, हाम्रो । उहाँले यहाँ (विमानस्थल) सेक्युरिटीको बन्दोबस्त गरेको छ कि छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने–जाने चिजको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ? क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री टारको गालामा गएर काँक्रोको बियाँ अर्काको गालामा टाँस्नुहुन्छ । यो अनैतिक क्रियाकलाप हो,” उनले भने, “गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार, आफू गृहमन्त्री भएर यसको भए पनि, उसको भए पनि यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? गृहमन्त्रीले बताउनुपर्छ, उहाँको संलग्नता छ कि छैन ?”

उनले आशंका पनि व्यक्त गरे । “सानोतिनो संलग्नताबाट त यो काम भएको छैन होला, उहाँको चाहिँ संलग्नता भएको छ कि छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो, तर यो त बत्तमिजीको कुरा मात्रै होइन, गैरजिम्मेवार हद भयो यो,” अध्यक्ष ओलीले भने, “जथाभावी बोल्ने गृहमन्त्री भएर ? जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ ? अनि, अर्को कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्न जाने अरूलाई ? गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने ? गृहमन्त्रीले कोर्ट र टारका सम्बन्धमा चर्चा गरेको अर्थ के हो ?”

उनले थपे, “सुनकाण्डको सिलसिला अन्तिमसम्म नपुर्‍याईकन हामी पनि छोड्दैनौँ । गृहमन्त्रीलाई थाहा होस्, यो गृहमन्त्रीसम्म पुगोस्, कहीँ भए पनि । पहिला पनि सुनकाण्ड तस्करी हुने गरेको थियो, खनेर निकालेको हो हामीले । फेरि पनि यस्ता कुरालाई हामी खनेर ननिककालेसम्म छोड्दैनौँ । यसमा कारबाही के हुन्छ, कसमाथि कारबाही हुन्छ, हेरिरहेका छौँ । बोक्न त प्लेन, गाडी भरियाले बोक्यो होला, तर बोकाउने को ? कसले बोकायो ? त्यसकारण यो ढाकछोप हुन सक्दैन ।”

सुन समातिएपछि गृहमन्त्री श्रेष्ठले विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै ‘कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने’ अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाणबिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro