site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाँच वर्षपछि युनेस्कोमा फेरि फहराउँदै अमेरिकी झण्डा

वासिङ्टन । पेरिसस्थित राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन (युनेस्को)को प्रधान कार्यालयमा अमेरिकाको राष्ट्रिय झण्डा भोलिदेखि पुनः फहराउने भएको छ ।

प्रथम महिला जिल बाइडेनले देशको झण्डा फहराउँदै आफ्ना पतिका तर्फबाट विशिष्ट व्यक्तिमाझ अमेरिकी धारणा प्रस्तुत गर्नेछिन् । युनेस्कोमा अमेरिकाको पुनःफिर्ती कार्यक्रमलाई सम्बोधन गर्न छोरी आस्लेका साथ राष्ट्रपति जो बाइडेनको दूत बनेर प्रथम महिला जिल सोमबार अपराह्न पेरिस पुगिसकेकी छन् । भर्जिनिया सामुदायिक कलेजकी अङ्ग्रेजीकी अध्यापिका जिल युनेस्कोका लागि उपयुक्त पात्र भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

Dabur Nepal
NIC Asia

अमेरिकी राष्ट्रपतिको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकबाट प्रारम्भ भएको उनको अन्तर्राष्ट्रिय भ्रमण बेलायतका राजारानीको शुभराज्याभिषेक, जोर्डनका युवराजको विवाहपछि युनेस्कोमा पुगेको छ । शिक्षा, विज्ञान र संस्कृतिका क्षेत्रमा विश्वव्यापी साझेदारी र सहकार्य गर्ने युनेस्कोले विश्वका पुरातात्विक एवम् ऐतिहासिक सम्पदालाई अनन्तकालसम्म संरक्षण गर्नुपर्ने स्मारक एवम् सम्पदास्थललाई विश्व सम्पदा सूचीमा समावेशसमेत गर्दै आएको छ ।

हालै ओडेसाको गिर्जाघर र युक्रेनका अन्य सम्पदास्थलमा रुसले गरेको आक्रमणको निन्दा गरेको उक्त राष्ट्रसंघीय निकायले क्षतिको अनुगमन गर्न चाँडै नै विज्ञहरूको टोली परिचालन गर्ने बताएको छ । गत वर्ष ओडेसाको क्याथेड्रललाई विश्वसम्पदा सूचीमा समावेश गरिएको थियो । रुसले विश्वसम्पदा सूचीमा रहेका स्थानमा आक्रमण नगर्ने प्रतिबद्धता पालना नगरेकामा युनेस्कोले मस्कोको ध्यानाकर्षण गराएको छ ।

बुधबार वासिङ्टन फर्कनुअघि प्रथम महिलाले विश्व सम्पदा सूचीमा रहेको एक हजार वर्ष पुरानो बेनिडिक्टिन विहारको भ्रमण गर्नेछिन्। उक्त विहार सन् १९७९ मा विश्वसम्पदा घोषित भएको हो ।

युनेस्को इजरायलविरुद्ध पक्षपाती रहेको दाबी गर्दै रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिका युनेस्कोबाट बाहिरिएको हो । एक सय ९३ सदस्यीय युनेस्कोमा अमेरिकी अनुपस्थितिले चिनियाँ चासो प्रवद्र्धनमा बल पुग्ने ठानेर उसलाई सन्तुलनमा राख्न त्यस संस्थामा पुनः सम्मिलित हुने निर्णय बाइडेन प्रशासनले गत महिना गरेको हो ।

यसै महिनाको प्रारम्भमा युनेस्कोको कार्यकारी परिषद्ले संगठनमा पुनः सामेल हुन अमेरिकाले गरेको आवेदन एक सय ३२ मतले पारित गरेको थियो । रासस/एपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro