site stats
बाह्रखरी :: Baahrakhari
देश
सञ्चारसचिव राउतसहित चारको बन्दीप्रत्यक्षीकरण रिट पुनः हेर्दाहेर्दैमा

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चारजनाको मुद्दामा आज पनि सुनुवाइ भएन ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको रिट हेर्दाहेर्दैमा परेर भोलिका लागि सुनुवाइ तोकिएको छ ।

Argakhachi Cement Island Ad

ललितानिवास प्रकरणको अख्तियारले मुद्दा चलाएर विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा अर्को आरोपमा छानबिन सुरु गरेर गैरन्यायिक थुनामा राखेको भन्दै सचिव राउतसहित पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन् ।

उक्त रिटमा साउन १ गतेदेखि लगातार चार दिनसम्म सुनुवाइ भए पनि हेर्दाहेर्दैमा परेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्