site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीरमा भोलिदेखि बिहान ८ बजेदेखि नै ओपीडी, कर्मचारी असन्तुष्ट

काठमाडौं । वीर अस्पतालमा साउन १ गते (भोलि)देखि ओपीडी सेवा ८ देखि ४ बजेसम्म सञ्चालन हुँदै छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले असार २२ गते गरेको वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय भोलिदेखि कार्यान्वयनमा आउन लागेको हो ।

तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णय अव्यवहारिक भएको बताएका छन् । न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए)ले त विज्ञप्ति नै जारी गरेर निर्णयको विरोध गरेको छ । 

एफडीएले ‘सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने’ जनाएको छ । 

fda bihyapti1689509861.jpg

एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको छ । एफडीएका उपाध्यक्ष डा. सुधांसु केसी न्याम्सले चिकित्सकहरूलाई समय नै नदिई हतारमा निर्णय गरेकाले कार्यान्वयनमा समस्या पर्ने बताए ।

“बिहान ८ बजे ओपीडी सेवा सुरु गरेर मात्रै बिरामीले सेवा पाउँछन् नै भन्ने यकिन गर्न सकिँदैन । बरु बिहान हाजिर गरेर नियमित काममा नआउने कर्मचारीलाई कारबाही, समयमा कर्मचारीको तलब भुक्तानीजस्ता कामहरूमा सुधार गर्न सकिन्थ्यो,” डा. केसीले बाह्रखरीसित भने । 

यता प्रशासनतर्फका कर्मचारी पनि भोलिदेखि नै बिहान ८ बजे ओपीडी सेवा सुरु गर्न तयार देखिएका छन् । वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरी न्याम्सले गरेको निर्णयमा आफूहरूको कुनै विमति नरहेको बताए ।

“८ बजेदेखि ओपीडी सेवा सुरु गर्ने कुरामा कर्मचारीको तर्फबाट कुनै आपत्ति छैन । हामी त तयार नै छौँ, ” मुडभरीले भने । 

न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेत भने न्याम्सले अस्पताल प्रशासन, चिकित्सकहरूको फ्याकल्टी तथा कर्मचारी संगठनहरूसँगको छलफलबाट बिहान ८ बजेदेखि ओपीडी चलाउने निर्णय गरेको दाबी गर्छन् । यो निर्णय भोलिदेखि जसरी पनि लागु हुने उनको तर्क छ । 

“कुनै नयाँ निर्णय गर्दा केही व्यक्तिहरूको असहमति हुनु स्वाभाविक हो । तर, बहुमत चिकित्सक कर्मचारीहरूको सहमति छ । भोलिदेखि नै यो सेवा सुरु गर्छौं,” डा. बस्नेतले बाह्रखरीसँग भने । 

यस निर्णयले सर्वसाधारलाई ठुलो राहत पुग्ने उनको विश्वास छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro