site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन : सांसद् गौतम 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् सोविता गौतमले हवाई दुर्घटना बढ्नुमा नियामकीय असक्षमता रहेको बताएकी छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसारकै सुरक्षित मानिने हवाई सेवा नेपालमा सबैभन्दा असुरक्षित भएको बताइन् । 

Dabur Nepal
NIC Asia

“उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ । यो नियामकीय असक्षमता र टोटल रोगुलेटरी फेलियर हो,” उनले भनिन् । 

उनले यात्रु राज्यले सुरक्षा दिन्छ भन्दै हवाई यात्रा गर्ने गरेको बताइन् । “चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्य उन्मुक्ति पाउन सक्दैन,” उनले भनिन् । 

उनले नियामक निकाय नागरिक उड्ययन प्राधिकरण ठूलाठूला प्रोजेक्ट बनाउन, टर्मिनल बनाउन, विमानस्थल व्यवसाय गर्नमा केन्द्रित रहेको आरोप लगाइन् । 

नेपालमा पृथक र विशिष्टीकृत नियामक निकाय चाहिएको बताइन् । आफ्नो सेवाप्रदाय र नियामिक निकाय छुट्टाछुट्टै  हुनुपर्ने माग राख्दै आएको बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro