काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणको अग्रणी कम्पनी ईओएलले अभिनेत्री एवं मोडल सुरक्षा पन्तलाई सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । अभिनेत्री सुरक्षा पन्तसँगको सहकार्यले प्रतिभा र उत्कृष्टतालाई एकै ठाउँमा ल्याएर ब्रान्डको उपस्थिति बलियो बन्ने कम्पनीको विश्वास छ ।
एम्बेसडरमा नियुक्त सुरक्षा पन्त सीजी इलेक्ट्रिकको चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणमा देखिने कम्पनीले जनाएको छ ।
सीजी इलेक्ट्रिकसँग उनको सहकार्यले ब्रान्डको विशेषज्ञता एवं सम्बन्धित कोटीमा असाधारण उत्पादन उपलब्ध गराउने प्रतिबद्धतालाई प्रदर्शन गर्ने कम्पनीको भनाइ छ ।
सीजीका उपाध्यक्ष एससी साबुले सुरक्षासँग ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध हुन पाएकामा खुसी व्यक्त गरेका छन् । उनीसँगको सहकार्यले ब्रान्डलाई अर्को स्तरमा पु¥याउने र उपभोक्ताबीच विश्वसनीय ब्रान्डका रूपमा स्थान दिने उपाध्यक्ष साबुको विश्वास छ ।
सुरक्षाले उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि परिचित ब्रान्ड सीजी इलेक्ट्रिकसँग आबद्ध हुन पाएकामा खुसी व्यक्ति गरेकी छन् ।