site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगातार तीन वर्ष रोकिएको 'नाडा अटो सो' भदौ २६ देखि हुने   
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौ । ‘नाडा अटोसो’ भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने भएको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।  यो मेलालाई सवारीसाधन तथा पार्टपूर्जाको कुम्भ मेलाको रूपमा लिइने गरिएको छ ।

अटोसोका लागि नाडाले स्टल बुकिङ समेत खुला गरेको छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअघि आयोजना हुँदै आएको प्रदर्शनी कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेन । त्यसै सन् २०२२ पनि सरकारले सवारी साधनको आयातमाथि प्रतिबन्ध लगाएपछि विद्युतीय सवारीको मात्रै प्रदर्शनी गरिएको थियो ।

Dabur Nepal
NIC Asia

"यसपटकको नाडा अटोसोमा विद्युतीयसहित पेट्रोलियम चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, टायरट्यूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस एवम् ग्यारेज उपकरणसमेत राखिने छ," नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनीमा बैंक, इन्स्योरेन्सलगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थासमेतको सहभागिता रहने छ । करिब ४ वर्षपछि हुन लागेको वृहत् प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।

विगतमा सुस्ताएको अटोमोबाइल व्यवसामा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भइरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत वर्षहरूमा सम्पन्न प्रदर्शनीहरू भन्दा थप बृहत र भव्य हुने अपेक्षा समेत राखिएको बताइएको छ ।

त्यसैगरी यस प्रदर्शनीमा नेपालभरीका अटोमोबाइल व्यवसायीहरूको अधिकतम सहभागिता रहने अपेक्षासमेत गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro