काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूरा कार्यकाल नसकिँदै पार्टी सभापति शेरबहादुर देउवालाई अपदस्थ गर्ने सम्भावना नरहेको बताएका छन् ।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सांसदसमेत रहेका कोइरालालले सभापति देउवाका कमजोरी भए पनि कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको बताए ।
"हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो । उहाँको कार्यकालमा मैले सहयोग नै गर्नुपर्छ । मैले नै गर्न थालेँ भने के हुन्छ ? उहाँले राम्रो गर्नुभएन भनेर जुन टिकाटिप्पणी आइरहेका छन्, गगन थापालगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्यता छ । बिचैमा उहाँलाई अपदस्थ गर्ने सम्भावना म चाहिँदै देख्दैन," उनले भने ।