site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रिमियम मूल्यको आईपीओ खरिद गर्नुभन्दा दोस्रो बजारबाट यी १२ बैंकको सेयर किन्नु फाइदा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अहिले अधिकांश कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य थप गरी प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न दिन थालेको छ ।

हालै पनि दुईवटा लाइफ इन्स्योरेन्स कम्पनीलाई बोर्डले प्रिमियम मूल्य थप गरेर आईपीओ निष्कासन गर्न बोर्डले अनुमति पनि दिएको छ ।

बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्सलाई २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति दिएको छ भने सिटिजन्य लाइफ इन्स्योरेन्स कम्पनीलाई २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

त्यसैगरी हाल निष्कासनमा रहेको आईएमई लाइफ इन्स्योरेन्स आईपीओ पनि प्रिमियम मूल्यमा जारी गरिएको छ । यो कम्पनीले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्कासन गरेको छ ।

आईपीओ भर्दा आवेदकलाई पर्छ भन्ने हुँदैन । आईपीओ परे पनि नपरे पनि आवेदकले बैंकलाई पाँच रुपैयाँ शुल्क तिर्नु पर्ने हुन्छ । अनि १५ दिनसम्म बैंकमा पैसा रोक्का रहन्छ । १५ दिनसम्म पैसा रोक्का भएर आईपीओ नपर्न पनि सक्छ । तर, दोस्रो बजारमा प्रिमियम मूल्यको आईपीओभन्दा कम मूल्यमा नै वाणिज्य बैंकहरूको सेयर पाइन्छ ।

अहिले निष्कासनमा रहेको आईएमई लाइफको आईपीओको मूल्यभन्दा कम मूल्यमा १२ वाणिज्य बैंकको सेयर मूल्य कम छ । ५२ हप्ताको मूल्य हेर्दा साढे ३०० रुपैयाँभन्दा बढी पुगेको वाणिज्य बैंकको सेयर अहिले १५८ रुपैयाँसम्म झरेको छ ।

अहिले कुमारी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सन्राइज बैंक र लक्ष्मी बैंकको सेयर मूल्य डेढ सय रुपैयाँ रहेको छ । बैंकहरूले प्रत्येक वर्ष जसो लगानीकर्तालाई लाभांश पनि दिएका छन् । यी बैंकको सेयर किन्न आईपीओभन्दा सस्तो पर्ने देखिन्छ ।

share1688872203.JPG

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro