site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
उत्कृष्ट आधुनिक गायक राज सिग्देल, गायिका रचना रिमाल

काठमाडौं । पाँचौँ ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ मा गीतकार यादव खरेललाई दीर्घ साधना (लाइफटाइम अचिभमेन्ट) अवार्ड प्रदान गरिएको छ । बिहीबार सम्पन्न अवार्ड वितरण कार्यक्रममा गीतकार खरेलललाई ट्रफीसहित पुरस्कार रकम नगद एक लाख रुपैयाँ प्रदान गरिएको छ । 

विभिन्न १५ विधाका विजेताहरूलाई पनि अवार्ड वितरण गरिएको छ । 

उत्कृष्ट नव गायक/गायिकाको अवार्ड ‘रेलको बाटो’ बाट सुरज पण्डितले जिते भने उत्कृष्ट रचानातर्फ ‘हर्क शाउद’ले ‘घुमीघुमी’ गीतबाट अवार्ड जितेका छन् । 

Dabur Nepal
NIC Asia

उत्कृष्ट संगीत निर्देशकतर्फ हरि लम्सालले अवार्ड हात पारे । 

सम्झना भण्डारीले उत्कृष्ट लोकदोहरी गायिका र गायकतर्फ प्रकाश सपूतले अवार्ड जिते । उनीहरुले यो अवार्ड ‘पीर’बाट जितेका हुन् । 

उत्कृष्ट पार्श्व गायिकातर्फ अस्मिता अधिकारीले ‘बाबरी रंग’ बाट अवार्ड जितिन् भने रवि ओडले ‘ए मेरो हजुर’ बाट उत्कृष्ट पार्श्व गायकतर्फको अवार्ड हात पारे । 

उत्कृष्ट राष्ट्रिय संगीत विधाको अवार्ड गीतकार शान्तिराम भट्टराईले जिते ।  

उत्कृष्ट पप गायिकामा सुवानी मोक्तान दरिँदा पप गायकतर्फको अवार्ड स्वप्न सुमनको हातमा पुग्यो । 

उत्कृष्ट सांगीतिक समूहतर्फको अवार्ड अनुप्रस्थले पाउँदा उत्कृष्ट युगल गीतको विधामा महेश काफ्ले र अस्मिता अधिकारीले अवार्ड हात पारे । 

उत्कृष्ट आधुनिक गायकतर्फ राज सिग्देलले अवार्ड हात पार्दा उत्कृष्ट आधुनिक गायिकाको अवार्ड रचना रिमालको पोल्टामा पर्‍यो । 

पिपुल च्वाइस अवार्ड सुशान्त केसीले पाएका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro