site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेटरी सहायताका रूपमा प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय

काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले भन्सार तथा लजिष्टिक सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रूपमा ३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सब–स्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले नेपाल न्याय सेवा, कानुन समूहको राजपत्राकिंत प्रथम श्रेणीका सातजना अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेको छ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि संवत् २०८० साल पुस मसान्तसम्म थप गर्ने बाधा अड्काउ फुकाएको आदेश जारी गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले प्रधानमन्त्रीले पुस्तक विमोचनका क्रममा राखेको अभिव्यक्ति कै कारण राजीनामा नदिने स्पष्ट पारे । प्रधानमन्त्रीले अन्यथा विषय नबोलेकाले यसमा विवाद गर्न नहुने उनको भनाइ छ ।

प्रवक्ता शर्माले संसद् अवरुद्ध हुँदा मिटरब्याजसम्बन्धी अध्यादेश नै निष्कृय हुन पुगेको जिकिर गरिन् ।

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्