site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितपुर जिल्ला अदालतका कर्मचारी र प्रधानन्यायाधीशबीच छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । कानुन व्यवसायीबाट असुरक्षित महसुस गरेको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारी सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायी र कर्मचारीको विवादका विषयमा कर्मचारीहरु प्रधानन्यायाधीशसँग छलफलमा रहेका छन् ।

गत बुधबार कानुन व्यवसायी अधिवक्ता अमिर लामिछाने र जिल्ला अदालतका कर्मचारी प्रेमिका तामाङबीचको विवाद र हातपातपछि अदालतका कर्मचारी र कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसन दुवैले आन्दोलन तथा विरोध गर्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त घटनापछि आइतबार देशभरका अदालतका कर्मचारीले आन्दोलन गरे । त्यस्तै, हिजो मंगलबार देशभरका कानुन व्यवसायीले इजलास बहिष्कार गर्दै आन्दोलन गरेका थिए ।

साथै, उपत्यकामा रहेका नेपाल बार इकाइका कानुन व्यवसायीले घटनाको विरोध गर्दै मंगलबार ललितपुर जिल्ला अदालत अगाडि नै प्रदर्शन गरेका थिए ।

Global Ime bank

मंगलबारको विरोधसभापछि जिल्ला अदालतका कर्मचारीले असुरक्षित महसुस गरेको भन्दै सर्वोच्च अदालतसँग विवादको टुंगो लगाउन माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement