site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश र स्थानीय तहका अस्पतालमा पनि बेड निःशुल्क गछौैँ : मन्त्री बस्नेत
फाइल तस्बिर।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रदेश र स्थानीय तहका सरकारी अस्पतालहरुमा पनि जनरल बेड निःशुल्क गरिने बताएका छन् ।

सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश र स्थानीय तहका अस्पतालहरुसँग समन्वय गरेर सो कार्य अघि बढाइने बताए ।

बेड निःशुल्क गरेबापतको रकम हाल परिणाम नदेखिएका कार्यक्रमहरुबाट कटाएर अस्पतालहरुलाई दिइने उनले जानकारी दिए ।

“बेड निःशुल्क गर्दा सरकारलाई भार पर्छ भन्ने सन्दर्भमा अहिले लगानी भएका तर आउटपुट नदेखिएका कार्यक्रममा भएको खर्च कटौती गरेर विपन्न वर्गका लागि छुट्याउने हो,” मन्त्री बस्नेतले भने ।

हाल संघ स्तरका सातवटा अस्पतालमा दुई हजार २८ वटा जनरल बेड बिरामीका लागि निःशुल्क गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro