देश
काठमाडौं । सरकारले ललिता निवास प्रकरणको अनुसन्धान पुनः थालेको छ । सोही प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार सात जनालाई पक्राउ गरेको हो ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सात जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा देउजा, शाह, मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसी रहेको प्रहरीले जानकारी दिएको छ ।
सीआईबी स्रोतले दिएको जानकारीअनुसार अरु थप केहीलाई पक्राउ गर्ने तयारी छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १५:०६
प्रतिक्रिया दिनुहोस्