site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सन्दीपविरुद्ध अन्तरिम क्षतिपूर्तिसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश पण्डितको इजलासमा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनमाथि आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ पहलो नम्बरमा रहेको छ ।

लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ नभई जबरजस्ती करणीको मुख्य मुद्दाको सुनुवाइ नगर्ने भन्दै यसअघि सुनुवाइ स्थगित गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरिएको थियो ।  मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै अदालतले निवेदन खारेज गरेको थियो ।

तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित गरिँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो । निवेदनमाथि आज सुनुवाइपछि अन्तरिम राहत दिने/नदिनेसम्बन्धी निर्णय हुनसक्छ ।

Global Ime bank

उक्त निवेदनको टुंगो लागेमा मात्र मुख्य मुद्दाको सुनुवाइ हुनेछ । हाल क्रिकेट खेल्न जिम्वाब्वे गएका लामिछानेलाई साधारण तारेखमा राखिएको छ । तारेख बुझ्नका लागि उनी यही असार ३१ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय