site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पशुपतिनाथबाट निकालियो जलहरी, मन्दिर परिसरमै जोखिँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ । आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर जोख्न थालेको हो ।

मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगेर जोख्ने काम भइरहेको छ । करिब एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्राटुक्रा पारेर मात्रै निकाल्न सकिन्छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रूपमा सीसीटीभी क्यामेरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई स्थलमा राखिएको छ ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro