site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पशुपति जलहरी प्रकरण : उजुरीकर्ता वैद्य र ढुंगानाले प्रवेश पाएनन्

काठमाडौं । पशुपतिनाथमा चढाइएको सुनको जलहरीमा अनियमितता भएको भन्दै परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको छ ।

पशुपति परिसरमा अख्तियार, गुणस्तर तथा नापतौल विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र रत्न तथा आभूषण व्यवसायी संघका प्रतिनिधि सहभागी भएर सुनको जलहरी जोख्ने काम भइरहेको छ ।

Dabur Nepal
NIC Asia

तर, उजुरीकर्ता वाग्मती प्रदेशसभाका पूर्वसदस्य नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुंगानालाई भने प्रवेश दिइएको छैन । बैद्यले उजुरीकर्ता र पूर्वकोषाध्यक्ष्समेत भएको भन्दै आफूलाई पनि जलहरीको नापजाँचमा सहभागी गराउन माग गरे पनि अस्वीकार गरिएको बताए ।

“मैले उजुरीकर्ता र क्षेत्र विकास कोषमा कोषध्यक्षका रुपमा काम गरेको व्यक्तिका हैसियतमा त्यहाँ सहभागी गराइयोस् भनेको थिएँ । तर, उहाँहरुले प्रमुख आयुक्तको आदेश लिएर आउनुस् भन्नुभयो,” बैद्यले बाह्रखरीसँग भने, “मलाई सहभागी नगराइए पनि अनुसन्धान विश्वसनीय होस् । पशुपतिनाथलाई विवादित बनाउने काम नहोस् । चाँडो म्ुद्दा छिनोफान होस् ।”

उनले दोषी भए कारबाहीको दायरामा ल्याउन माग गर्दै दोषी नभए पनि सफाइ दिएर जनताको आस्थाको केन्द्रको विवाद चाँडो समाधान गर्न माग गरे ।

“दोषी फेला परे पाता कस्नु पर्यो र कानुनी दायित्वको भागि बनाउनुपर्यो । हैन भने सफाइ दिएर अघि बढ्नुपर्यो,” बैद्यले भने, “आम जनता र देशविदेशका हिन्दुहरुको आस्थाको केन्द्रलाई विवादित बनाएर राख्नुभएन । चाँडो टुंग्याइयोस् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro