site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन नभए नयाँ संविधान चाहिन सक्छ : उपेन्द्र यादव
फाइल तस्बिर।

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार पार्टीको विधान महाधिवेशनको उद्घाटन गर्दै उनले अहिलको शासकीय स्वरुप र निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने र यसले मुलुकको विकास नहुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अहिलेको शासकीय स्वरुपका कारण बिहान उठ्दा कोही सांसद हरायो कि भन्ने, समर्थन फिर्ता लिने हो कि, सरकार ढल्ने हो कि भन्ने अवस्था रहेको बताए ।

उनले अहिलको जस्तो महँगो निर्वाचन प्रणालीले भ्रष्टाचार नबढाए के गर्छ ? भन्दै प्रश्न पनि गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने बताए ।

यादवले समावेशितामा आधारित समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने यादवको भनाइ छ ।

उनले संविधान संशोधन र परिमार्जन गनुपर्ने बताए । तर, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिमार्जन नभए नयाँ संविधानको बन्न सक्ने समेत यादवको भनाइ छ ।

“शासकीय संशोधन परिमार्जन गर्न जरुरी छ । शासकीय स्वरुप, निर्वाचन प्रणालीमा सुधार भएन । राज्यको सात प्रदेशको संरचनामा सुधार भएन र पहिचानलाई मान्यता दिएर त्यसका आधारमा अघि बढेन भने भविष्यमा नयाँ संविधान बनाउनुपर्ने आउन सक्छ,” यादवले भने, “यो संविधानले धान्न सक्दैन । तर, हामी चाहन्छौँ, नयाँ संविधान तुरुन्त नबनाऔँ । सुधार गरौँ ।”

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्