site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चिया 

‘ललिताजीलाई उनको उपन्यासबाट साहित्य अकादेमी पुरस्कार प्राप्त भएको छ, बधाई दिनुपर्ने ।’

‘उनको पतिका कारण प्राप्त भएको हो ।’

‘हो, हिजो साक्षात्कारमा पनि बताइरहेकी थिइन्, उनलाई घरमा उनका पतिको पूरा सहयोग मिल्दै आएको छ । जब उनी लेख्ने र पढ्ने काममा व्यस्त हुन्छिन्, त्यस बेला घरमा आएका पाहुनापाछाहरूको सेवा–सत्कारमा उनका पति निसंकोच लागिरहेका हुन्छन् । यो पुुरस्कार मैले पनि पाउन सक्छु, यदि उनका पतिले जस्तै तपाईंले पनि मलाई केही सहयोग गरिदिनुभयो भने । मैले लेखनका लागि त्यति समय दिनसकिरहेकी छैन, जति दिनुपर्ने हो ।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘अबदेखि म पनि सहयोग गर्छु । पहिलेको चालढाल परिवर्तन गर्छु ।’

‘तपाईंले साँझपखको चिया मात्रै बनाइदिनुस् । बस्, यत्ति मात्रै पनि मेरा लागि ठूलो सहयोग हुन्छ ।’

‘यो काम झन् महँगो पर्ला नि !’

‘कसका लागि ?’

‘तिम्रा लागि ।’

‘कसरी ?’

‘तातो कुरा प्रायः मेरो हातबाट झर्ने गर्छ... अँ ! त्यसो भए साँझको चिया तिमीले बनाउँछ्यौ कि मैले ?’

‘मैले ।’    

(हिन्दी समयबाट अनुवाद)
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०५:५४
प्रतिक्रिया दिनुहोस्