site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र जोगाउन सामाजिक सुरक्षा र ‘ब्युरोक्रेसी’मा व्यापक सुधार आवश्यक छ : स्वर्णिम वाग्ले
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा र कर्मचारीलाई दिइने निवृत्तिभरणको चापले राज्यलाई ठूला भार पर्ने बताएका छन् । प्रतितिधिसभाको मंगलबारको बैठकमा बोल्दै वाग्लेले राजनीतिक सहमति गरेर यसलाई सुधार गर्नुपर्ने बताए ।

“दुईवटा कुराले हामीलाई पछि ठूलो दुःख दिनेवाला छ । एउटा समाजिक सुरक्षाको, यसपाली १५८ अर्ब भन्नुभएको छ । तर, त्यहाँ सोसियल असिस्टेन्टस्, सोसियल इन्स्योरेन्स र लेबर मार्केट, यो सबै जोडेर सोसियल प्रोटेक्सनको एउटा वृहत् आर्किटेक्चरलाई नै हेर्ने हो भने हामी दुई खर्ब नाघिसकेका छौँ,” उनले भने, “अर्काे सेक्युरिटी फोर्सेज र ब्युरोक्रेसीको आकारबारे पनि राजनीतिक सहमति नै गरेर अप्रिय कदम चालेनौँ भने हामी दुर्घटनाउन्मुख छौँ ।”

Dabur Nepal
NIC Asia

अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर पनि कर्मचारी र सुरक्षा क्षेत्रका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने वाग्लेले बताए । राजनीतिक नेतृत्वले सुधार गर्न सक्ने भए पनि चासो नदिएको उनले बताए । कर्मचारीतन्त्रमा पनि मर्जर गरेर कर्मचारी व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

पेन्सनको भार बढेको भन्दै त्यसलाई राजनीतिक नेतृत्वले निचोडमा पु¥याउनु पर्ने उनले बताए । मुलुकलाई भार हुने गरी काम गर्न नहुने पनि उनले बताए । ऋण लिएर आयोजना निर्माण गरिएको भए पनि त्यसले आर्थिक वृद्धिमा कुनै योगदान नदेखिएको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro