site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
झलनाथ खनाललाई सात प्रश्न : समाजवादी मोर्चाको लक्ष्य तेस्रो शक्ति बन्ने हो ?
फाइल तस्बिर।

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध तीन दल र संसदीय राजनीतिको विपक्षमा उभिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार दलले सोमबार समाजवादी मोर्चाको घोषणा गरे ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सोमबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), र नेकपा रहेको मोर्चा घोषणा गरिएको हो ।

मोर्चा घोषणा गर्नुअघि सोमबार बिहान बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाए । उनले मोर्चाबन्दीका लागि अहिलको प्रधान शत्रु को हो ? भन्ने प्रश्न गर्दै मोर्चाको औचित्यमाथि प्रश्न उठाए । प्रस्तुत छ, उनै खनालसँग मोर्चाका विषयमा गरिएको संक्षिप्त कुराकानी:-

Dabur Nepal
NIC Asia

समाजवादी मोर्चाका विषयमा सोमबारको बैठकमा तपाईंको असन्तुष्टि सुनियो । खास कुरा के हो ?

यो मोर्चा भनेको कुनै न कुनै उद्देश्यले, एउटा लक्ष्यले बनाउने कुरा हुन्छ । समाजवादीहरुको मोर्चा भनेपछि के उद्देश्यका लागि ? कसैको विरुद्ध संघर्ष गर्नका लागि हो कि ? अथवा कुनै विशेष ‘ह्विम’ चलाउन हो कि ? कुनै अभियान चलाउनका लागि हो कि ? अथवा सत्ता टिकाउनका लागि मात्रै हो कि ?  के लागि हो भन्ने प्रश्न मैले उठाएको थिएँ ।

कुनै पनि विरोधी प्रमुख शक्ति को हो भन्ने पत्ता नलाइकन कुनै पनि बेला मोर्चा बन्दी भन्ने प्रश्न नै हुँदैन । मैले त्यही प्रश्न उठाएको थिएँ ।

प्रधान शत्रु को रहेछ भन्ने जवाफ पाउनुभयो त ?

मैले सोधेको हो । जवाफ पाइनँ ।

असन्तुष्टिबीच घोषणासभामा सहभागी हुनुभयो नि !

सबै समस्याहरु समाधन भएको छैनन् । त्यसकारणले कतिपय कुरामा मेरो ‘रिजर्भेसन’ छन् भन्ने कुरा गरेको थिएँ । त्यही आधारमा प्रचार भए । रिजर्भेसनको बाबजुद प्रस्तुत भएँ । मैले आफ्ना कुरा त्यहीँबाट भनेको छु नि ।

सत्ता गठबन्धनमै रहेका दलले मोर्चाबन्दी गर्नुको औचित्य के हो भन्ने प्रश्न बाहिर पनि उठिरहेको छ । अहिले यसको आवश्यकता किन पर्‍यो ?

गठबन्धन आफैंँमा एउटा मोर्चा हो । मोर्चाभित्र मोर्चा बनाउनुपर्ने आवश्यकता जुन साथीहरुले ठान्नुभयो, त्यसभित्र विशेष नै उद्देश्य हुनुपर्छ । हिजोको घोषणापत्रमा हामी समाजवादतर्फ जाने हो, समाजवादी गणतन्त्रतर्फ जाने हो भन्ने कुरा लेखिएका छन् । त्यसअनुसार नै जाने हो भने त खाली सत्ता टिकाउनका मात्रै हुँदैन ।

त्यसका लागि आम श्रमिक किसान जनताहरु, देशभक्त, समाजवादी, वामपन्थी सबै एकताबद्ध हुनुपर्यो  । अब कसरी जान्छ हेर्न बाँकी छ ।

मोर्चा गठनका सन्दर्भमा दोहोरो कुरा देखिन्छ । नेताहरुले नेकपा ब्युँताउने तयारी पनि भनेको सुनिन्छ । अनि मोर्चामा चाहिँ तत्कालीन गठबन्धनको मुख्य घटक एमाले सामेल छैन । नेकपामा नभएका जसपा र नेकपा सामेल छन् । नेकपा ब्युँताउन सम्भव छ ?

मानिसहरु हरेक दिन सुत्छन् । सुतेका बेला कतिपय सपना देख्छन् । यो स्वभाविक कुरा हो । कतिपय मान्छे दिउँसै पनि सपना देख्छन् । नेकपा ब्युँताउने भन्ने कुरा दिउँसै देखेको सपना जस्तै हो ।

अहिले नेकपा ब्युँतदैन । बरु नयाँ विचार, नयाँ नीति, नयाँ सिद्धान्त, नयाँ कार्यदिशाका अधारमा नयाँ ढंगले एकीकृत पार्टी चाहिँ बन्ला, त्यो सम्भावना छ । त्यस्तो हुन सक्छ । हिजो नेकपा ब्युँताउने सपना नदेख्या भए हुन्थ्यो ।

नेपाली कांग्रेसले अबको चुनावमा गठबन्धन नगर्ने भनेको छ । एमालेले त अहिले पनि एक्लै लड्यो । आगामी चुनावमा तेस्रो शक्ति बन्ने मोर्चाको लक्ष्य हो ?

त्यो बारेमा अहिले नै एउटा टुंगोमा पुग्न सकिँदैन । परिस्थिति विकसित हुँदै छ । चुनाव आउन चार वर्ष बाँकी छ । चार वर्षसम्ममा धेरै पानी बग्छ । त्यो पानी बग्ने सिलसिलामा त्यतिबेलाको परिस्थितिअनुरुप अघि बढ्नुपर्ने हुन्छ ।

चुनाव भनेको कार्यनीतिक कुरा हो । कार्यनीति पहिल्यै बनाएर राख्ने कुरा हुँदैन । त्यसबेला बनाउने कार्यनीतिका लागि रणनीति चाहिँ अहिले बनाउन सकिन्छ ।

समाजवादी मोर्चाको भविष्य कस्तो देख्नुहुन्छ ?

सत्तालाई जोगाउने भए यसको आयु धेरै हुन्छ भन्ने लाग्दैन । मोर्चा त पहिले पनि छ । गठबन्धन आफैँमा मोर्चा हो । साँच्चै समाजवादतर्फ जाने हो भने मुलुकमा नयाँ ध्रुवीकरणको सुरुआत हो । कस्तो परिस्थिति सिर्जना गर्छ, हेर्दै जानुपर्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro